कांग्रेसको सभापतिमा ६ जनाको उम्मेदवारी दर्ता, यी हुन पदाधिकारीका उम्मेदवार



२४ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि ६ जना नेताले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनको कार्यतालिका अनुसार आज फरक–फरक समुहबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । शनिबार साँझ ५ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समयमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि, युवराज न्यौपाने र कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । त्यसैगरी उपसभापतिमा ७ जनाले मनोनयन दर्ता गराएका छन् । उपसभापति पदमा पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, विजय गच्छदार र दिव्यश्री साहले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरी महामन्त्री पदमा डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, राजाराम कार्की र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । सहमहामन्त्री पदमा २० जनाको उम्मेदवारी परेको छ । जसमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, सुरेन्द्र प्रसाद चौधरी, देवराज चालिसे, रञ्जीत कर्ण, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, किशोर सिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङ्दाङम्बे, जीवन बहादुर शाही, चेतराज बजाल, शेख वकिल, उमाकान्त चौधरी, डीना उपाध्याय रहेका छन् । महामन्त्रीमा फरक–फरक समुहबाट मिलेन्द्र रिजाल, गगन थापा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । कांग्रेसको सभापतिसँगै महामन्त्रीमा रोचक प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्