एमसीसीको विरोध गर्दा रामेछापका इन्चार्ज खड्गीको प्रहरीले टाउको फुटायो



२८ मंसिर, काठमाडौं ।
एमसीसीको विरोध गर्दा नेकपा (क्रान्तिकारी माआवादी)का केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज गणेश खड्गीको प्रहरीले टाउको फुटाइ दिएको छ । आज नयाँ वानेश्वरस्थित संसद भवन अगाडि प्रर्दशनकारी र प्रहरीबीच भएको झडपको क्रममा खड्गीको टाउको फुटेको हो । उनको टाउकोमा सात टाका लगाइएको छ । सात टाका लगाएका खड्गी अस्पतालबाट अहिले आफ्नै निवास फर्किएका छन् ।

दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंगलबार संसद भवन घेराउ गरेको  हाे । एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपासहितका ६ दल र मोर्चा संगठनले संसद भवन घेराउ गरेको हो । सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्