कांग्रेसको मतगणना सुरु, तीन घण्टाभित्रै परिणाम घोषणा हुने
मंसिर २८, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मंगलबार भएको दोस्रो चरणको मतदान सम्पन्न भएसँगै अहिले मतगणना सुरु भएको छ । अबको तीन घण्टाभित्र सभापतिको अन्तिम परिणाम सार्वजनिक हुने भएको छ ।
सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो । निर्वाचन समितिले तीन घण्टाभित्र नै मतपरिणाम सार्वजनिक गर्ने गरी अहिले सोही अनुरुप मतगणना प्रक्रिाया अगाडि बढाएको छ ।