रामेछापका कमल चौलागाईलाई सहकारी विभाग प्रमुखको जिम्मेवारी



३० मंसिर, काठमाडौं ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य कमल चौलागाईले पार्टीको सहकारी विभागको प्रमुखको जिम्मेवारी दिएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेको नेताहरुको कार्य विभाजन अन्तर्गत चौलगाईलाई सहकारी विभागको प्रमुखको जिम्मेवारी दिएको हो ।

दसौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका चौलागाई पार्टीले पोलिटब्यूरो सदस्य बनाउने निर्णय गरेको थियो । यसअघि पनि उनी सहकारी विभागको प्रमुखको जिम्मेवारीमा रहेका थिए । अहिले पार्टीले पुनः चौलागाईलाई सोही जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्