रामेछापबाट एमालेको केन्द्रीय सदस्य बनेकाहरुको जिम्मेवारी तोकियो, कसलाई कुन जिम्मेवारी ?



पुस २, काठमाडौं ।
नेकपा एमालेले दसौ महाधिवेशनबाट निर्वाचित र मनोनित केन्द्रीयहरुको जिम्मवारी तोकिएको छ । पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठकलेले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यरो, केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेको हो । एमालेको केन्द्रीय कमिटीमा रामेछापबाट पाँच जना केन्द्रीय सदस्य भएका छन् ।

कमल चौलागाई, कैलाश ढुंगेल र माधव ढुंगेल दसौ महाधिवेशनबाट निर्वाचित भएका हुन भने गीता कार्की र चुडादेवीसिंह लामा केन्द्रीय कमिटीको बैठकबाट मनोनितमा केन्द्रीय सदस्य भएका हुन् । पाँच जना केन्द्रीय सस्यहरुको कार्य विभाजन भएको छ । पोलिटब्यूरो सदस्य समेत रहेका कमल चौलागाईलाई सहकारी विभागको प्रमुख, कैलाश ढु‌गेललाई एमाले रामेछापको जिल्ला इन्चार्ज, माधव ढुंगेललाई विद्यार्थी फाँटको इन्चार्ज, गीता कार्कीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको उपप्रमुख र चुडादेवसिंह लामालाई राष्ट्रिय हित तथा सुरक्षा विभागको उपप्रमुखको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्