रामेछापमा निर्माणाधिन घरबाट खसेर युवकको निधन, क्षतिपूर्ति खोज्दै पीडित परिवार



१२ पुस, रामेछाप ।
मन्थली नगरपालिका स्थित देवकोटा चोकमा निर्माणाधिन घरबाट खसेर एक जनाको ज्यान गएको छ । चार तलामाथि रंग लगाउने क्रममा हिजाे आइतवार दोलखा भिमेश्वर नगरपालिका–७ मकैवारीका राजन दाहालको निधन भएको हो ।

चार तलाबाट चिप्लिएर घाइते भएका दाहालको उपचार गर्न घरधनी राजु थापा र ठेकेदारले हेलिकोप्टर चार्टर गरेर काठमार्डौ पठाए पनि टिचिङ अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापले पीडित परिवारको क्षतिपूर्ति सहित उजुरी दिने मौखिक जानकारी गराएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्