एमाले रामेछापको अध्यक्षमा चार जनाको दावी



२२ पुस, रामेछाप ।
नेकपा एमाले रामेछापको लागि चार जनाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हालका अध्यक्ष शान्ति पौडेलले पुनः अध्यक्ष नहुने घोषणा गरेसँगै उपाध्यक्ष प्रेम बहादुर तामाङ, सचिव आनन्न श्रेष्ठ, उपसचिव झम्क कँडेल र लव श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एमालेले सहमतिबाटै नेतृत्व चयन गर्ने बताए पनि चार जना आकांक्षी देखिएका हुन् ।

भोलीबाट सुरु हुने आठौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । जिल्लाको आठ वटा स्थानीय तहमा रहेका ६४ वटा वडाबाट अधिवेशनको लागि झण्डै साढे सात सय प्रतिनिधि सहभागी हुने भएका छन् । एमाले रामेछापका नेता प्रकाश कुमार कार्कीका अनुसार हाल जिल्लामा एमालेको साढे १२ हजार संगठित सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्