रामेछापको गाउँगाउँमा जागरण अभियान लिएर जान्छौः अध्यक्ष श्रेष्ठ
२६ पुस, रामेछाप ।
नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष आनन्न श्रेष्ठले रामेछाप जिल्लाभित्र एमालेलाई पहिलो पार्टी बनाउने बताएका छन् । उनले जनताको समस्या बुझन र समस्या समाधान गर्न गाउँगाउँमा जागरण अभियान लिएर जाने बताएका हुन् । रामेछाप न्युजसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले भने,‘हामीलाई पार्टीले ठूलो जिम्मेवारी दिएको छ, जिल्लामा पार्टीलाई पहिलो बनाउने दायित्व आएको छ, अब जिल्लाको ८ वटै स्थानीय तह र ६४ वटामा जागरण अभियान सञ्चालन गछौं ।’
पार्टीलाई फरक ढंगले अगाडि बढाउने आफ्नो नीति रहेको बताउदै पार्टीलाई वैचारिक रुपमा सदुढ बनाउने कार्यमा आफू लाग्ने बताए ।
निर्वाचनको क्रममा भएको प्रतिस्पर्धा स्वभाविक भएको बताउदै निर्वाचनमा पराजित भएकाहरुलाई पनि उचित जिम्मेवारी दिएर अगाडि बढने अध्यक्ष श्रेष्ठले बताए ।
उनले भने,‘आन्तरिक लोकतन्त्रमा चुनाव अस्वभाविक होइन, यसले पार्टीभित्र दरार ल्याउदैन, पराजित भएकाहरुलाई पनि उचित जिम्मेवारी दिएर अगाडि बढछौं ।’ उनले माघ ८ गते प्रदेशको अधिवेशन सम्पन्न भएपछि रामेछापमा दुई महिने अभियान सञ्चालन गर्ने बताउदै जनताको घरघरमा पुगेर समस्या बुझेर समाधानको लागि दबाब दिने अभियान सञ्चालन गरिने बताए ।