रामेछापमा बस दुर्घटनाः चालकको सावधानीले ७० जनाको ज्यान बच्यो
३ माघ, रामेछाप ।
रामेछापमा बस दुर्घटना नभएको छ । खिम्तीबाट मन्थली आउदै गरेको र काठमाडौंबाट खिम्ती जादै गरेको यात्रुवाहक बस एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो । काठमाडौंबाट खिम्तीतर्फ जादै गएको बा ४ ख ४३४७ नम्बरको बस र खिम्तीबाट मन्थली आउदै गएको बा ४ ५६२७ नम्बरको बस हल्दे भन्ने स्थानमा आपासमा ठोकिएका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले दुई बस आपसमा ठोकिएपनि ठूलो मानविय क्षति हुनबाट जोगिएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार चालकको सावधानीको कारण मानविय क्षति हुनबाट जोगिएको र चालकमाथि थप अनुसन्धान भइरहेको छ । दुवै बसका चालकमाथि प्रहरीले अहिले अनुसन्धन गरिरहेको छ । दुई वटा बसमा गरेर झण्डै ७० जना यात्रु सवारी रहेको श्रेष्ठले जानकारी दिए ।