सवारी साधानमा भोलिदेखि जोर विरोज प्रणाली लागू, रामेछापमा तत्काल नहुने



६ माघ, काठमाडौं ।
कोरोना संक्रमणको दर दैनिक १२ भन्दा बढी हुन थालेपछि काठमाडौं उपत्यकामा अब जोरबिजोर प्रणाली लागू हुने भएको छ । कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबारदेखि जोरबिजोर प्रणाली लागू हुने भएको हो ।
बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक र निजी सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
निर्णयउ अुनसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्नुपर्ने छ ।
यसैबीच रामेछाप जिल्लामा भने तत्काल जोरबिजोर प्रणाली लागू नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र सवारी साधनको चाप धेरै नभएकाले तत्काल जोरबिजोर प्रणाली लागू नगर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्