श्रम मन्त्री श्रेष्ठको सचिवालय सदस्यमा रामेछापका श्रेष्ठ नियुक्त



१३ माघ, काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलेको सचिवालय सदस्यमा नेकपा एकीकृत समाजवादीका युवा नेता तिर्थ श्रेष्ठ नियुक्त भएका छन् । श्रममन्त्री श्रेष्ठले नेकपा एकीकृत समाजवादी रामेछापका उपसचिव एवं युवासंघ निर्वाचन आयोगका अध्यक्ष श्रेष्ठलाई सचिवालय सदस्यमा नियुक्त गरेका हुन् । खाँडादेवी गाउँपालिका–१ राकाथुम निवासी श्रेष्ठलाई नेकपा एकीकृत समाजवादी रामेछाप पार्टीको सिफारिसमा सचिवालय सदस्यमा नियक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्