सत्ता गठबन्धनको बैठकः जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव



१५ माघ, काठमाडौं ।
स्थानीय तहको निर्वाचनको विषयमा अलमल भइरहेको बेला सत्ता गठबन्धनले यही जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आज बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारले अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्ने भउको छ ।

प्रतिक्रिया दिनुहोस्