स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकार र निर्वाचन आयोगबीच सहमति
१८ माघ, काठमाडौं ।
सरकार र निर्वाचन आयोगबचि २०७९ जेठ ४ गते बुधबार दिन स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने सहमति भएको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमै सरकार एकै चरणमा तीन तहको निर्वाचन गर्न सहमत भएको हो । मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचन आयोगलाई भेटेर ६ पृष्ठ लामो प्रस्ताव पेस गरेको थियो ।
२०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको पदावधि नेपालको संविधान बमोजिम २०७९ जेठ ५ मा समाप्त हुने भएकाले सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु सरकार र आयोगको संवैधानिक एवम् कानुनी दायित्व भएको आयोगले सरकारलाई स्मरण गराएको छ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा ९१० बमोजिम जेठ ४ गते निर्वाचनको मिति तोक्न आयोगको सरकारलाई सुझाव छ ।निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यही जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगबीच सहमति भएको रामेछाप न्युजलाई बताए । उनका अनुसार अब आयोग निर्वाचनको तयारीमा जुटेको जानकारी दिए ।