सुनापति गाउँपालिकाको पर्यकीय गन्तव्य बन्यो डम्फु पार्क



२३ माघ, रामेछाप ।
सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । गाउँपालिकाको वडा नम्बर ४ बेथान र वडा नम्बर ३ हिलेदेवीको संगमस्थल सेल्फी डाँडामा निर्माण गरिएको डम्फ पार्क पर्यटकीय गन्तव्यको रुपमा परिचत बनेको हो ।

पार्कभित्र निर्माण गरिएको डम्फु नेपालकै ठूलो भएको दावी गाउँपालिकाले गरेको छ । लुभ–बेथान– हिलेदेवी–गाल्वा सडक अन्तर्गत सेल्फी डाँडा सडकसँग जोडिएको पार्कमा अहिले फोटो फिच्ने आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । डम्फु पार्कबाट पर्यटकीय गन्तव्य सैलुङ, दोलखाको गौरीशकंर हिमाल लगायतको क्षेत्रको दृष्यावलोकन गर्न सकिन्छ ।

पछिल्लो समय सेल्फी डाँडाको रुपमा चिनिदै आएपछि गाउँपालिकाले तामाङ जातिको संस्कृति झल्किने गरी डम्फु पार्कको अवधारणा अगाडि सारेको हो । दुई चरणमा गरेर गाउँपालिकाले आकर्षण ढंगले पार्कको निर्माण र सौन्दर्यकरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्