बैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको घोषणा



२४ माघ, काठमाडौं ।

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको छ । गृह मन्त्री बालकृष्ण खाँडले वैशाख ३० का लागि स्थानीय तहको निर्वाचनको मिति तय भएको बताए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो । तर सरकारले वैशाख ३० मै निर्वाचनको मिति घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्