एमसीसी खारेजीको माग गर्दै रामेछापमा एकीकृत समाजवादीको विरोध प्रदर्शन (फोटोफिचर)
१ फागुन, रामेछाप ।
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गदै रामेछापमा विरोध प्रदर्शन गरेको छ । सरकारले एमसीसी पास गर्ने नीति अनुरुप संसदमा टेबल गर्ने योजना अगाडि बढाएपछि सत्तारुढ दल एकीकृत समाजवादी आन्दोलित बनेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउने गृहकार्य अगाडि बढाएपछि नेकपा (एस)ले देशव्यापी रुपमा आन्दोलनको घोषणा गरेको छ । घोषित कार्यक्रम अनुसार नेकपा (एस)ले आइतवार सदरमुकाम मन्थलीमा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
पार्टी कार्यालयबाट निकालिएको विरोध र्याली देवकोटा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, अमेरिकी सामराज्य मूर्दावाद लगायतका नारा लगाएर एकीकृत समाजवादीले विरोध जनाएको हो । नेकपा (एस)का पोलिटब्यूरो सदस्य एवं रामेछापका इन्जार्च देवकशंर पौडेलसहितको सहभागीता रहेको विरोध प्रदेशपछिको कोणसभालाइ मन्थली नगरपालिकाका नगरप्रमुख समेत रहेका नेकपा (एस)का जिल्ला अध्यक्ष रमेश कुमार बस्नेतले सम्बोधन गरेका छन् । उनले एमसीसी सम्झौता राष्ट्रघाती रहेकाले कुनै पनि हालतबाट पारित गर्न नहुने बताए ।