एमाले रामेछापद्धारा नेताहरुको कार्य विभाजन, कुन नेतालाई कुन जिम्मेवारी ?
३ फागुन, रामेछाप ।
नेकपा एमाले रामेछाप जिल्ला कमिटीको बैठकले नेताहरुको कार्यविभाजन गरेको छ । पार्टीको दोस्रो जिल्ला कमिटीको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । कार्य विभाजन अन्तर्गत जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठपार्टी स्कुल विभाग÷जनसंगठन समन्वय विभाग प्रमुख, उपाध्यक्ष ईन्द्र ब. तामाङलाई स्थानीय विकास विभाग प्रमुख, सचिव पुरुषोत्तम कडरिया संगठन विभाग प्रमुख, उपसचिवद्धय प्रकाश कुमार कार्कीलाई प्रचार तथा प्रकाशन विभाग प्रमुख, होतराज ढकाललाईनिर्वाचन विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
त्यसैगरी राम प्रसाद देवकोटालाई वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख तोकेको छ । बैठकले ६४ वटै वडामा ईन्चार्ज, सह–ईन्चार्जको जिम्मेवारी समेत तोकेको छ ।
प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीका अनुसार बैठकले जिल्ला सल्लाहाकार र जेष्ठ कम्यूनिष्ट मंच समेत गठन गर्ने निर्णय गरेको बताए ।