एमसीसी पास गर्नुपर्छः कैलाश ढुंगेल



११ फागुन, रामेछाप ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज कैलाश ढुंगेलले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा रहेको बताएका छन् । उनले एमसीसी सम्झौता गर्नेहरु नै अहिले दोहोरो चरित्र देखाएको बताउदै उनले विकास परियोजनामा अनावश्यक रुपमा भ्रम छर्न आवश्यक नभएको बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका नेता ढुंगेलले धेरै अघि बढाएको एमसीसी सम्झौताको अहिले आएर विरोध गर्नको अर्थ नभएको बताए । उनले नेपालको विकाससँग जोडिएको आएको परियोजनालाई अगाडि बढाउनु पर्ने बताउदै एमसीसीको बारेमा धेरै भ्रम फैलाउन आवश्यक नभएको बताए ।
एमसीसी पास गराउने काम सत्ता पक्षकै भएको बताउदै सत्ता पक्षसँगै बहुमत रहेकाले एमसीसीको बारेमा आफ्नो पार्टीको अहिले कुनै भूमिका नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्