बनेपाबाट मोटरसाइकल चोरेर फरार रामेछाप सुनापति गाउँपालिकाका तामाङ ललितपुरबाट पक्राउ



१२ फागनु, काठमाडौं ।
काभ्रेको बनेपाबाट मोटरसाइकल चोरी गरेर फरार भएका रामेछाप सुनापति गाउँपालिका घर भएका आर्टी तामाङलाई प्रहरीले ललितपुरबाट मोटरसाइकलसहित पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले तामाङलाई ललितपुरको ग्वार्खोबाट बाट पक्राउ गरेको हो । बनेपाको भिमसेन मन्दिरबाट हराएको बा.प्र.०–,०१७ प ७७२४ नम्वरको कालो, रातो रङको २२० सी।सी।को पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख उमेशराज जोशीले रामेछाप न्युजलाई जानकारी दिए ।

उनका अनुसार वास्तविक नम्बर प्रदेश ३–०२–००४ प ९५९८ खुल्न आएको सो मोटरसाईकल काभ्रे घर भएका प्रमेश्वर श्रेष्ठको रहेको समेत पत्ता लागेको छ । निज सवारी धनीलाई मोटरसाईकल भेटिएको जानकारी समेत दिसकेको महाशाखाले जनाएको छ । नियन्त्रणमा आएको मोटरसाईकल सहित पक्राउ परेका तामाङलाइ चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी ईलाका प्रहरी कार्यालय बनेपा पठाइएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्