खाँडादेवी गाउँपालिकाको सबै सामुदायिक विद्यालयमा निशुल्क इन्टरनेट सेवा
१४ फागुन, रामेछाप ।
खाँडोदवी गाउँपालिकाले निशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको पहलमा नेपाल दुरसञ्चार प्राधिकरढाको सहकार्यम ापालिकात्रिका सबै सामुदायिक विद्यालय नौ वटा वडा कार्यालय स्वास्थ्य शाखामा निशुल्क इन्टरनेट सेवा सुरु गरेको हो । सम्झौता भएको नौ महिनाभित्रनै सबै क्षेत्रमा अप्टिकल फाइबरसहितको इन्टरनेट सेवा सबै वडामा पुगेको छ । सबै वडामा इन्टरनेट सेवा पुर्याउने रामेछापको स्थानीय तह मध्ये खाँडादेवी गाउँपालिका पहिलो हो ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले पालिकाको कार्यालय, स्वास्थ्य शाखा, शिक्षा शाखा र पालिका भरीका ९ वटा वडा कार्यालयहरु, ७९ वटा सामुदायिक विद्यालयहरु तथा ३४ वटा सामुदायिक स्वास्थ्य संस्थाहरुमा कम्तिमा २० एमबिपिएसको क्षमताको नन् डेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट पुर्याएको बताए । उहाँका अनुसार आवश्यकता र औचित्यताका आधारमा दोहोरो नपर्ने गरी अप्टिकल फाईवर विस्तार गर्ने योजना बनाइएको छ ।
एक करोड १८ लाख लगानीमा अप्टिकल फाइबर खाँडादेवी गाउँपालिकाको गाउँगाउँमा सुरु भएको छ । अप्टिकल फाईबर केबल, पोल, पोलभाँडा, २० एमबिपिएसको क्षमताको नन्डे,डिकेटेड ब्रोडब्याण्ड इन्टरनेट र जडान खर्च २ वर्ष सम्म निःशुल्क हुनेछ ।
अध्यक्ष तामाङले विद्यालयहरुले, स्वास्थ्य चौकीहरुले मापदण्ड पालना गरेमात्र ईन्टरनेट सेवा दिने बताउदै भने,‘यो इन्टरनेटफेसबुक, टिकटक चलाउन गाउँपालिकाले जोडेको हैन्, विद्यालयहरुको पठनपाठनको गुणस्तर बढ्नुपर्छ, स्वास्थ्य संस्थाहरुले सफट्वयेर चलाउनु पर्छ ।’
गाउँपालिकामा एक कार्यक्रमकोबीच बागमती प्रदेशका सांसद शान्ति पौडेल र एमाले बागमती प्रदेशका नेता रत्त गौतम लगायतका नेताहरुको सहभागीतामा इन्टरनेट सेवाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।