संसदबाट एमसीसी अनुमोदन
१५ फागनु, काठमाडौं ।
अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको १२ बुँदे व्याख्यात्मक घोषणासँगै एमसीसी अनुमोदन भएको हो । सभामुख अग्नि प्रसाद सापकोटाले संविधान धारा २७९ तथा प्रनिधिसभा निमायवाली ७५ को नियम २३० बमोजिम एमसीसी पारित भएको घोषणा गरेका हुन् ।