जिल्ला अस्पताल रामेछापमा पहिलो पटक प्रसुतिको सफल शल्यक्रिया



१६ फागुन, रामेछाप ।
जिल्ला अस्पताल रामेछापमा पहिलो पटक प्रसुतिजन्य शल्यक्रिया गरिएको छ । प्रसुति शल्यक्रियाको लागि यसअघि राजधानी काठमाडौं जानु पर्ने बाँध्यता हटाउदै जिल्ला अस्पतालबाटै पहिलो पछट शल्यक्रिया सेवा पनि सुरु भएको हो ।

लिखु गाउँपालिका–१ गैरीगाउँ निवासी २० बर्षीया रिता कार्कीको जिल्ला अस्पतालमा सफलतापूर्वक शल्यक्रिया विधिबाट प्रसुति गराइएको छ । आइतवार राती शल्यक्रिया मार्फत २.६ केजी तौलको शिशुको जन्म भएको छ ।
शल्यक्रियामा एमडिजीपी डा. मनोज कुमार यादव, डा. सरिता ढकाल, एनेस्थेसिया अस्ष्टिेन्ट सन्दिप कुमार यादव, नर्सहरु बन्दना कुमारी ठाकुर, अस्मिता कार्की लगायतको टिमको सहभागीता रहेको थियो ।

अस्पतालका सूचना अधिकारी दिपेन्द्र नारायण श्रेष्ठले जिल्ला अस्पताल रामेछापको इतिहासमै पहिलो आकास्मिक प्रसुतिजन्य शल्यक्रिया सम्पन्न भएको बताए । उनले भने, ‘शल्यक्रिया मार्फत जन्म भएको शिशु र आमाको अवस्था राम्राे छ ।’ हाल जिल्ला अस्पतालमा शल्यक्रिया सेवा संचालन गर्न रामेछाप नगर पालिकाले जनशक्ति व्यवस्थापनमा सहयोग गरेको छ। यस कार्यको लागि अस्पताल संचालन तथा व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रोशन पाख्रिन तथा अस्पतालको नि‍.मे.सु. डा.पवन शाक्यले पहल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्