सुनापति गाउँपालिकाको पाताले चनाउटे सामुदायिक वनमा भिषण आगलागी
३ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाको सुनापति गाउँपालिका–१ गुन्सी स्थित पाताले चनाउटे सामुदायिक वनमा भिषण आगलागी भएको छ । आज साँझबाट जंगमा आकास्मिक रुपमा देखिएको आगो हावा चलेसँगै फैलिएको हो । आगो नियन्त्रणको लागि स्थानीयवासी जुटेपनि डडेलो फैलिएको कारण सहज नभएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले वस्तीमा आगो पुग्न सक्ने क्षेत्रका नागरिकलाई सुरक्षित ठाउँमा सर्नको लागि आग्रह समेत गरेको छ ।