मन्थली नगरपालिकाको बजेट १ अर्ब ४ करोड
१० असार, रामेछाप ।
रामेछाप मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८० ।० ८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रमसँगै नगरपालिकाले आगामी आर्थिक बर्षको लागि १ अर्ब ४ करोड बराबरको बजेट सार्वजनिक गरेको हो । नगरप्रमुख लव श्रेष्ठले नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, विपद् व्यवस्थापन, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट बनाएको बताए ।
नगर सभामा मन्थली उपप्रमुख ईश्वरी बस्नेतले १ अर्ब ४ करोड ५४ लाख ९२ हजार रुपैँयाको बजेट गरिन । विनियोजित बजेटमध्ये चालुतर्फ ४५ करोड ९३ लाख ९२ हजार र पुँजीगत तर्फ ५८ करोड ६१ लाख रुपैँया रहेको छ । यस आर्थिक बर्षमा नगरपालिकाको ५ करोड ३० लाख रुपैँया आन्तरिक आम्दानी हुने अनुमान रहेको छ ।