रामेछाप नगरपालिकाको साँघुटारमा मेलमिलाप केन्द्र गठन
१८ भदौ, रामेछाप ।
वडा स्तरमा हुने विवादलाई वडामै समाधान गर्नको लागि रामेछाप नगरपालिका–३ साँघुटारमा मेलमिलाप केन्द्र गठन गरिएको छ । समुदाय स्तरमा हुने विवादलाई समाधान गर्न दल बहादुर प्रधानको अध्यक्षतामा मेलमिलापकर्ता व्यवस्थापन समिति गठन भएको हो । समितिको सचिवमा प्रेम प्रसाद जैसी, सदस्यहरुमा पूर्ण बहादुर महत, उर्मिला थापा, यत्न बहादुर ढकाल, सन्तोष काफ्ले र निल कण्ठ ढकाल रहेका छन् ।
समितिका पदाधिकारी र सदस्यहरुलाई रामेछाप नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी कार्कीले सपथ खुवाएकी थिइन । रामेछाप नगरपालिकाको न्यायिक समितिको संयोजक समेत रहेकी उपप्रमुख कार्कीले सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरेर वडा तहमै उत्पन्न हुने विवाद समाधान गर्न पहल गर्ने बताइन ।