मन्थली–लुक्का दैनिक ४० भन्दा बढी उडान, मौसम विग्रदा मन्थली विमास्थलमा पर्यटकको भीड
१८ असोज, रामेछाप ।
रामेछापको मन्थली विमानस्थलबाट लुक्ला दैनिक ४० भन्दा बढी उडान हुने गरेको छ । एक साता अघिबाट मन्थली विमानस्थलबाट सीता, तारा र समिट लगायतका कम्पनीहरुले उडान भदैै आए आएका छन् । नेपाल नागरिक उड्यान प्राविधिकरणले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थला एयर ट्राफिकको समस्या कम गर्न यस्तो व्यवस्था गरेको हो । सगरमाथाको बेस क्याम्पसहित खुम्बु क्षेत्रमा यस सिजनमा विदेशी पर्यटकहरुको अत्याधिक भीड लाग्ने गरेको छ ।
नेपाल नागरिक उड्यान प्राधिकरण मन्थलीका सूचना अधिकारी पुजा थापाले मन्थली–लुक्ला दैनिक ४० भन्दा बढी उडान हुँदै आएको रामेछाप न्युजलाई बताइन ।
दुई दिन मौसम बदली भएसँगै मन्थलीबाट लुक्ला जानको लागि मन्थली विमानस्थलमा विदेशी पर्यटकहरुको घुइँचो लागेको छ । मन्थलीका होटलहरु विदेशी पर्यटकहरुले भरिएका छन् । थापाका अनुसार आज बिहानबाटै मन्थलीबाट लुक्ला उडान भइरहेको छ ।