रामेछापको खाँडादेवी गाउँपालिकामा मदन भण्डारीको सालिक तोडफोड, दोषीलाई पक्राउ गर्न अध्यक्ष ढुंगेलको माग
९ कात्तिक, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका– ५ पकरवासको सल्लेनीस्थित मदन भण्डारी पार्कमामा स्थापना गरिएको मदन भण्डारीको सालिक बेला तोडफोड भएको छ । पकरवासको सल्लेनी वनको बिचमा रहेको मदन भण्डारीको सालिक अष्टमीको राति तोडफोड भएको हो । मन्थली गाल्वा सडकसँग जोडिएको मदन भण्डारी पार्कमा भण्डारीको बसेको पूर्ण कदको सालिक थियो । सालिकको एउटा खुट्टा भाँचेर फालिएको छ भने अन्य भागमा ढुंगाले प्रहार भएको छ ।
बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले पकरवासमा भण्डारीले मदन भण्डारीको सालिक तोडफोड गर्नु आपत्तिजन भएको बताउदै दोषीलाई तत्काल पक्राउ गरेर कारवाही गरिनु पर्ने बताए । उनले भने,‘प्रहरीले तत्काल दोषीको पहिचान गरेर कारवाही अघि बढाउनु पर्छ ।’ सालिकको निर्माण गत वर्ष मात्रै सम्पन्न भएको थियो ।