रामेछापमा करेन्ट लागेर शिक्षक कँडेलको मृत्यु
२६ कात्तिक, रामेछाप ।
रामेछाप दोरम्बा शैलुङ गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दोरम्बा शैलुङ गाउँपालिका–५ काभ्रेचौरका ३५ बर्षिय महेन्द्र कँडेलको घर जनिकै रहेको देवीस्थान मन्दिरमा पुजा गर्नका लागि बिजुलीको बल्व राख्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका कँडेलार्य थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौंको हेम्स हस्पिटलमा लगिएको थियो । तर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।