गाल्वामा कुटाकुट घटनाः १० जना विरुद्ध जित बहादुर मगरद्धारा प्रहरी कार्यालयमा जोहरी दर्ता



१३ जेठ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनमा भएको कुटाकुटको घटना जिल्ला प्रहरी कार्यालय रामेछापमा पुगेको छ । पार्टीभित्रको विवाद आन्तरिक रुपमा समाधान हुन नसकेपछि प्रहरी समक्ष पुगेको हो । शुक्रवार कुटाकुटको कारण घाइते भएका नेपाली कांग्रेस रामेछापका नेता जित बहादुर थापामगरले नेता वीर बहादुर लामासहितका १० जनाको विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी दर्ता गराएका छन् । उनले घटनाको भिडियोसहित जिल्ला प्रहरी कार्यालय रामेछापमा दस जना विरुद्ध किटानी जाहेरी दिएका हुन् । जिल्ला पार्टी नेतृत्वले विवाद समाधान गर्न पहल नगरेको भन्दै थापामगर समुहले कुटपिटमा संलग्नमाथि कारवाहीको माग गर्दै प्रहरी समक्ष पुगेको छ । त्यसैगरी नेता वीर बहादुर लामा समुहले पनि जितबहादुर थापामगरसहितका नेताहरुलाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालय रामेछापमा जोहेरी दर्ता गर्ने तयारी गरेको छ ।

आसन ग्रहण गर्ने सामान्य विषयमा विवाद हुँदा रामेछापको गाल्वामा नेपाली कांग्रेसका नेता र कार्यबीच कुटाकुट भएको थियो । गाल्वा बजारमा शनिवार आयोजित जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रको सुरुमै आसन ग्रहणको विषयलाई लिएर सुरु भएको विवाद झडपमा परिणत भएको थियो । झडपमा परी नेता जितवहादुर मगर र बेनवहादुर तामाङ घाइते भएका थिए । नेपाली कांग्रेस एक नेताले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार दुवै समुह मिल्ने पक्षमा नेखिएपछि प्रहरी कार्यालय मार्फत नै छिनोफानो गर्ने गरी अघि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्