सुनकोसी तेस्रो ६८३ मेगावाट जलविद्युत आयोजना अघि बढाउने सरकारको घोषणा



१५ जेठ, काठमाडौं ।
रामेछाप र काभ्रेको सीमाना लुभुघाटमा निर्माण हुने ६८३ मेगावाट जलाशययुक्त जलविद्युत आयोजनाको काम आर्थिक बर्षबाट अघि बढने भएको छ । आगामी आर्थिक बर्षको बजेट भाषण गर्दै अर्थमन्त्री बर्षमान पुनले सुनकोसी तेस्रो जलविद्युत आयोजनालाई अघि बढाउने बताएका छन् । जलाशययुक्त सुनकोसी तेस्रो जलविद्युत् आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्