सहसचिवको घरबाट २८ लाख चोर्ने रामेछापका सुनुवारसहित चार जना पक्राउ



३० जेठ, काठमाडौं । ललितपुरस्थ्ति एक सहसचिवको घरमा चोरी गर्ने रामेछापका एक सहित चार जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । ती सहसचिवको घरमा रहेको
नगद तथा गरगहना गरेर २८ लाख रुपैयाँ चोरी भएको दाबी गर्दै ती सहसचिवले जाहेरी दिएपछि प्रहरीले चोरीमा संलग्नहरुको खोजी गर्ने क्रममा सिसी टिभीको फुटेको आधारमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेहरु चोरीमा २० पटकसम्म संलग्न रहेको पटकेसमेत रहेका छन् ।

पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुम्बा गाउँपालिका–४ घर भई काठमाडौं–२४ किलागल बस्ने ३० वर्षीय सीताराम लकान्द्रे, रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भई स्वयम्भू बस्ने सुजनकुमार सुनुवार, नुवाकोटको सामरी घर भई काठमाडौं शेषमती बस्ने ४० वर्षीय कुमार राना मगर, दोलखाको शैलुङ गाउँपालिका–८ घर भई थली बस्ने ४१ वर्षीय बीरबहादुर श्रेष्ठ, सोही ठाउँ घर भई काठमाडौं असन बस्ने सुनिल श्रेष्ठ छन् । प्रहरीका अनुसार यस घटनामा संलग्न एक जना भने फरार रहेका छन् । उनीहरुबाट प्रहरीले करिब ७ तोला सुनका गरगहना, मोवाइल, अमेरिकी र कम्बोडियाको मुद्रा आदि बरामद गरेको छ । यो सबैको बजार मूल्य करिब २८ लाख हुने प्रहरीको दाबी छ ।

यो समूहले पछिल्लो पटक ललितपुर महानगरपालिका–१८ ऐतिहासिक ढुंगेधारामार्गस्थित सहसचिवको घरमा २ जेठ मा चोरी गरेको थियो । दिउँसो १२ बजे घरमा कोही नभएको मौकामा उनीहरुले सुनचाँदीका गरगहना र नगद चोरी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

पक्राउ परेकामध्ये बीरबहादुर यसअघि २० पटसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ । उनी १२ वटा चोरी, ३ वटा डाँका चोरी, एउटा लागु औषध र ४ वटा अभद्र व्यवहारको कसुरको मुद्दा चलेको क्रिमिनल रेकर्ड सिस्टम ९सीआरएस०बाट देखिएको परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्