रामेछापका रुपसिंहले न्युजिल्याण्ड च्याम्पियनसिप खेल्ने



काठमाडौं । आईटीएफ तेक्वान्दो खेलाडी रुपसिंह तामाङले दोस्रो आईटीएफ अन्तराष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिप खेल्ने भएका छन् । रामेछाप निवासी खेलाडी सिंहले जुन २४ देखि २६ तारिकसम्म न्युजिल्याण्डमा हुने अन्तराष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिपमा नेपालबाट सहभागीता जनाउने भएका हुन् न्युजिल्याण्डको हास्टिङ स्पोर्ट्स सेन्टरमा हुने प्रतियोगितामा ५० भन्दा बढी देशका खेलाडी तथा अफिसियल सहभागी हुनेछन् ।

बिहीबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र बोर्ड सदस्य अन्जन धमलाले तामाङलाई बिदाई गरेका छन् । उनी शुक्रबार न्युजिल्याण्ड प्रस्थान गरेका छन् ।
आईटीएफ तेक्वान्दो पाँचौं डान रहेका तामाङले आईटीएफको दुई वल्ड च्याम्पियनसिपमा सहभागीता जनाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्