रामेछाप निवासी रुपसिंह तामाङले न्युजिल्याण्डमा जिते स्वर्ण पदक



असार १० गते ।
रुपसिंह तामाङले दोस्रो आईटीएफ अन्तराष्ट्रिय न्युजिल्याण्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । उनले भेट्रान्स स्पेशल टेकनिकमा स्वर्ण पदक जितेका हुन् । न्युजिल्याण्डको हास्टिङ स्पोर्ट्स सेन्टरमा जुन २४ देखि सुरु भएको प्रतियोगितामा रुपसिंहले भेट्रानतर्फको स्पेशल टेकनिक र प्याट्रनमा प्रतिस्पर्धा गरेका थिए ।

उनी प्याट्रन पाँचौं डानमा रजत पदक प्राप्त गर्न सफल भए । प्रतियोगितामा ५० भन्दा बढी देशका खेलाडी तथा अफिसियल सहभागी छन् । रामेछाप खाँडादेवी गाउँपालिका निवासी तामाङ आईटीएफ तेक्वान्दो पाँचौं डान समेत हुन् । स्वर्ण पदक जितेर तामाङले नेपालको नाम विश्वसामु चिनाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्