हिरासतबाट वीर बहादुर तामाङ बाहिरिए, जित बहादुर मगर भने हिरासत भित्रै



११ असार, रामेछाप ।
कुटपिटको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेस रामेछापका नेता वीर बहादुर तामाङ ढराैटीमा रिहा भएका छन् । प्रहरीले दायर गरेको मुद्दाको सुनुवाई गर्दै जिल्ला अदालत रामेछापले तामाङलाई ३ लाख २५ हजार रुपैयाँ ढरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी हिरासतमुक्त भएका हुन् । त्यसैगरी सोही घटनामा वीर बहादुर तामाङ समुहले दिएको किटानी जोहेरीको आधारमा अर्का नेता जित बहादुर मगर भने प्रहरी हिरासतमै रहेका छन् ।

जित बहादुर मगरसहित चन्द्र बहादुर मगर पनि हिरासतमा रहेका छन् । कुटाकुटबाट सुरु भएको विवाद जिल्ला प्रहरी कार्यालयमा पुगेको छ । दुवै पक्षले नौ/नौ जनाको विरुद्धमा किटानी जाहेरी दिएपछि प्रहरीले धमाधम घटनामा सलग्न कांग्रेसका नेताहरुलाई पक्राउ गर्दै अदालतमा मु्द्दा दर्ता गर्दै आएको छ ।

पार्टीका नेताहरु धमाधम पक्राउ पर्ने क्रम सुरु भएपछि नेपाली कांग्रेस रामेछापका सभापति एवं रामेछापका प्रतिनिधिसभा सांसद पूर्ण बहादुर तामाङ कान्छारामले हिजो जिल्ला प्रहरी कार्यालयमा पुगेर चासो व्यक्त गरेका थिए । हिरासतमा रहेका वीर बहादुर तामाङले भेट गरेका थिए भने अर्का नेता जित बहादुर मगरले कान्छाराम तामाङसँग भेट गर्न अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्