भारी बर्षाको कारण बीपी राजमार्ग ठाउँठाउँमा अवरुद्ध, रामेछापमा पनि अविरल बर्षा



२२ असार, रामेछाप ।
भारी वर्षाको रामेछापसहित पूर्वबाट काठमाडौं भित्रिने बीपी राजमार्गका विभिन्न स्थानमा अवरुद्ध भएको छ । आज रातीबाट परेको अविरल बर्षाको कारण अवरुद्ध हुँदा यातायात सेवा प्रभावित बन्न पुगेको छ । काभ्रेको रोसी गाउँपालिका–७ लासकोट काभ्रे स्थित बीपी राजमार्गमा खहरे खोलाबाट लेदो आएर सडक अवरुद्ध भएको छ । सो स्थानमा रातिदेखि नै प्रहरी टोली खटिएर स्काभेटरमार्फ सडक खुलाउने प्रयास भइरहेको छ ।

बाढी पहिरोको कारण सो राजमार्गको कालढुङ्गा, भ्याकुरे खोला, माम्ति खोला, घ्याप्चे खोला, कमेरे बगर लगायतका स्थानमा पनि सडकमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीले सडक जोखिमपूर्ण रहेकाले त्यावश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरेको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय रामेछापले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्