रामेछापको तामाकोसी र सुनकोसी नदी किनाराका वासिन्दालाई उच्च सर्तक रहन प्रहरीको आग्रह



२२ असार, रामेछाप ।
अविरल बर्षाको कारण रामेछापको मुख्य नदी तामाकोसी र सुनकोसीमा जलसतह बढेसँगै जिल्ला प्रहरी कार्यालय रामेछापले नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन माइकिङ गरेको छ । सुनकोसी, तामाकोसी लिखु सहित जिल्लाकाभित्रका ठूला नदी र खोला किनारामा रहेका बासिन्दालाई उच्च सर्तक रहेन प्रहरीले माइकिङ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राकेश सिंहले जिल्लाभित्र मुख्य सडक अवरुद्ध नभए पनि नदीहरुमा जलसतह निकै बढेको बताउदै सर्तक रहन नदी किनाराका बासिन्दालाईहरु आग्रह गरिएको बताए । उनले भने,‘खोलामा पानीको सतह बढिरहेको छ, खोलामा माछा मार्ने र दाउराको लागि जाने काम नगर्नुहोस भनेर हामीले माइकिङ गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्