रामेछापको कल्लरीमा बलेरो गाडी दुर्घटनाः एक जनाको घटनास्थलमै मृत्यु




२५ असार, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–७ कल्लेरीमा बलेरो जिप दुर्घटना हुँदा एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ । आज साँझ मन्थलीबाट पिङखुरी जाने क्रममा सडकबाट उक्त बलेरो सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको थियो । बलेरोमा सवार नौ जना मध्य अधिकाशं यात्रु घाइते भएका छन् ।

घाइतेहरुलाई हाल मन्थली अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदिप कुमार सिंहले बलेरो दुर्घटनामा परी एक महिलाको मृत्यु भएको जानकारी प्राप्त भएको बताउदै थप विवरण आउने क्रममा रहेको जानकारी दिए ।

(यसअघिको समाचारमा दुर्घटना मन्थली नगरपालिकाको कल्लेरी हुनुपर्नेमा अन्यथा हुन पुगेमा क्षमाप्रार्थीं छौ–सम्पादक)

प्रतिक्रिया दिनुहोस्