मन्थलीको कल्लेरी दुर्घटनामा परी मृत्यु भएकी महिलाको पहिचान खुल्यो, यी हुन घाइते हुनेहरु (नामसहित)



२५ असार, रामेछाप ।
आज साँझ मन्थली नगरपालिका–७ कल्लेरीमा भएको बलेरो दुर्घटनामा परी मन्थली नगरपालिका–७ कि ६५ बर्षिय माया बिकको निधन भएको छ । मन्थलीबाट खाडादेवी गाउँपालिकाको पिङ्खुरी तर्फ यात्रु बोकेर जादै गरेको प्रदेश ३–०१–०२३ च ३९०९ नम्बरको बोलेरो गाडी अचानक ब्रेकफेल भई अनियन्त्रित हुँदा सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना हुँदा बिकको निधन भएको हो । दुर्घटनामा परी नौ जना घाइते भएका छन् । दुर्घटना लगत्तै बलेरो चालक खाँडादेवी गाउँपालिका–९ पिङखुरीका बाबुराम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा गम्भीर घाइेतहरुलाई उद्दार गरेर मन्थलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं पठाइएको छ ।
घाइते हुनेहरुको नामः
खाँडादेवी गाउँपालिका–९ पिङखुरीका ७० बर्षिय नर माया विक सोही ठाउँका ७० बर्षिय हैटे तामाङ २८ बर्षिय रुपक तामाङ गम्भीर रहेकाले थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ ।
बाँकी घाइतेहरु पिङख्ुरीकै मंगले कामी,उशा भण्डारी,डेबिट भन्डारी,दुर्गा बहादुर तामाङ,अन्जना तामाङ,नरेन्द्र तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले ब्रेक फेल भएको कारण बलेरो गाडी दुर्घटना भएको प्रारम्भिव अनुसन्धानबाट खुलेको बताउदै थप अनुसन्धान अघि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्