सुनापति गाउँपालिकाको खानीखोलामा बन्यो पक्की पुल



२५ असार, रामेछाप ।
सुनापति गाउँपालिकाको खानीखोलामा पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । पाँच बर्ष अघि सुरु भएको पुल डिजाइन परिवर्तनको कारण ढिलाई भएको थियो । कान्छाराम कन्ट्रक्स्न प्रा.लि.ले ३ करोड ६८ लाख रुपैयाँमा यस पुल निर्माण भएको हो । सुनापति गाउँपालिका वडा नम्बर १ गुन्सी र वडा नम्बर ३ हिलेदेवी जोडन खिम्तीवेसीमा पुल निर्माण भएको छ ।

विगतमा पुल नहुँदा निकै सास्तै झेल्दै आएका यस क्षेत्रका बासिन्दालाई पुल बनेसँगै निकै सहज भएको छ । पूर्वाधार कार्यालय मन्थली मार्फत निर्माण गरिएको यस पुलको लम्बाई ४० मिटर रहेको छ । पूर्वाधार कार्यालय रामेछापले े विभिन्न कारणले ढिलाई हुँदै आएको खानीखोलाको पुल निर्माण सम्पन्न भएको बताए ।

प्रतिक्रिया दिनुहोस्