कांग्रेस–एमालेका नेता शितल निवासमाः प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश



कांग्रेस–एमालेका नेता शितल निवासमाः प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश२८ असार, काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केशी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेसँगै ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमा लिएर राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्