रामेछापमा भिरबाट लडेर नेपाली सेनामा कार्यरत रायमाझीको निधन



१ साउन, रामेछाप ।
रामेछापको खाँडादेवीगाउँपालिका–२ मुझुवा निवासी नेपाली सेनामा कार्यरत करिब ३२ बर्षिय नरेन्द्र रायामाझीको आज बाख्रा चराउन जाने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । मझुवाको चुल्ठेपानी भिरबाट करिब ३ सय मिटर तल खसेका रायमाझीको घटनास्थलमै मृत्यु भएको हो । विकास निर्माण गण धनकुटामा कार्यरत रायमाझीको आज करिब ५ बजेको समयमा भिरबाट लडेर मृत्यु भएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहले बताए । उनका अनुसार मृतक रायमाझीको शवलाई पोष्टमार्टम गर्नको लागि मन्थली ल्याउने क्रममा रहेकोछ।

प्रतिक्रिया दिनुहोस्