अबरुद्ध शैलुङ जाने सडक खुल्यो



१० साउन, रामेछाप ।
अविरल बर्षाको कारण अवरुद्ध हुन पुगेको पर्यटकीय क्षेत्र शैलुङ जाने सडक सुचारु भएको छ । बर्षाको कारण ठाउँठाउँमा खसेको पहिरो पन्छाउने कार्य सम्पन्न भएसँगै सडक सुचारु भएको हो । सडक सुचारु भएसँगै पर्यटकीय क्षेत्र शैलुङ र शैलुङ क्षेत्रमा उत्पादन हुने आलु राजधानी काठमाडौं ढुवानी गर्न सहज भएको पर्यटन व्यवसायी दावासाङबु शेर्पाले बताए । साउनमा यस क्षेत्रमा उत्पादन हुने आलु लगाएका तरकारी राजधानी काठमाडौं निर्यात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्