रामेछापको फर्पुमा पहिरोले पुरिएर तीन जना वेपत्ता



१० साउन, रामेछाप ।
रामेछापको गोगुलगंगा गाउँपालिकास्थित फर्पुमा अविरल बर्षाको कारण पहिरोले पुरिएर तीन जना वेपत्ता भएका छन् । राती ८ बजेको समयमा फर्पुको जौवारी पहिरे भन्ने स्थानमा खाना पकाउन किचनमा रहेको बेला माथिल्लो भागबाट आएको पहिरोले तीन जना बालिका वेपत्ता भएको गोगुलगंगा गाउँपालिकाका विपद् व्यवस्थापन समितिका फोकल पर्सजन बाबुराम घिमिरेले रामेछाप न्युजलाई जानकारी दिए ।

उनले पहिरोको कारण थप विवरण आउन बाँकी रहेका जानकारी दिए । पहिरोबाट तीन जना वेपत्ता भएसँगै मन्थलीबाट जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंह, नेपाली सेना, सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारीको टोली घटनास्थलतर्फ लागेको छ । घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले सुरक्षा निकायको टोली परिचालन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्