रोशीखोलाको वितण्डाः कुशेश्वर महादेव मन्दिरमा फसेका ३३ जना उद्धारको पर्खाइमा



११ असोज, सिन्धुली ।
अविरल वर्षासँगै आएको बाढीमा सिन्धुलीको कुशेश्वर दुम्जास्थित आदी लिङ्गेश्वर महादेव गुरुकुलमा अध्ययनरत २६ जनाम बटुकसहित मा ३३ जना फसेका छन् । रोशी खोलामा आएको बाढी महादेव मन्दिरको दवै भागमा फैलिएपछि उनीहरु फसेको हुन् । दिनभर आएको पानीसँगै रोशी खोलाको सतह बढेसँगै उनीहरु उद्धारको पर्खाइमा रहेका छन् । तल सुनकोसी र महादेव मन्दिर रहेको दवै भागमा रोशीखोला उर्लिएको छ ।

बाढीको कारण सोही ठाउँमा पक्कीसहित पाँच वटा घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेका अनुसार रोशी र सुनकोसी नदीमा आएको बाढीका कारण महादेव गुरुकुलमा अध्ययनरत २६ जना बटुक, ३ जना शिक्षक, २ जना कर्मचारी र अन्य दुई जनागरी ३३ जना शुक्रबार दिउसोदेखि बाढीमा फसेका छन्। उनीहरूको उद्धार गर्ने प्रयास भए पनि बाढीका कारण समस्या भएको बताउदै उनले उद्धार गर्न जानको लागि रोशीखोलामा बाढी बढिरहेको र सुनकोसी नदी उर्लिरहेको कारण समस्यामा परेको बताए । उनले गुरुकुलमा हेकाहरूसँग नियमित सम्पर्क भएको जानकारी दिदै केही सहज हुने वित्तिती उद्धारको काम थालिने बताए । रोशी खोलामा आएको बाढीको कारण रामेछाप–काठमाडौं सडक खण्ड समेत अवरुद्ध हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्