बिपि राजमार्ग पूर्ण रुपमा अवरुद्धः नेपालथाेकमा एक सय मिटर खण्ड बाढीले बगायो



१२ असोज, रामेछाप ।
राजधानी काठमाडौं हुँदै तराई मधेस र पूर्वी पहाडका जिल्लाहरु जोडने बिपि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । लगातारको बर्षासँगै आएको बाढीको कारण सिन्धुलीको नेपालथोक प्रहरी चौकीसँगैका करिब एक सय मिटर खण्ड बाढीले बगाएको हो ।

स्थानीय राज मैनालीले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार हिजोदेखि आएको बाढीले आज बिहान नेपालथोक सडक खण्ड बगाएको हो । बाढीको कारण यस सडक पूर्ण रुपमा अवरुद्ध बन्द भएको छ । अहिले रोशीखोलामा बाढी उर्लिएको छ । विगत १० बर्ष अघि पनि यस्तो खोलको बाढीले सो खण्डमा क्षति पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्