सुनकोसी नदीले जलसतह पार गर्‍याे, खुर्कोट र मुलकोट डुबानमा



१२ असोज, रामेछाप ।
लगातार आएको बाढीको कारण सुनकोसी नदीले जलसतह पार गरेको छ । सुनकोसी नदीमा जलसतह बढेसँगै सिन्धुलीको खुर्कोट बसपार्क क्षेत्र र मुलकोट डुबानमा परेको छ । योसँगै अन्य वस्तीमा पनि डुबान हुने जोखिम बढेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्ले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार बाढीको कारण बिपि राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको छ ।

त्यसैगरी नदी तटिय वस्तीमा डुबान हुने क्रम सुरु भएको छ । काफ्लले भने,‘अहिले सुनकोसी नदी किनारामा रहेका खुर्कोट बसपार्क र मुलकोट डुबानमा परेको छ, पानी निरन्तर परिराखेको छ, सतर्कता अपनाउनुको विकल्प छैन ।’ बाढीको कारण मुलकोटस्थित क्वालिटी रिसोर्ट पनि डुबानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्