खुर्कोटको पक्की पुल बाढीले बगायो, रामेछाप दोलखा र ओखलढुंगा जिल्लावासीलाई ठूलो क्षति
१२ असोज, रामेछाप ।
अविरल परेको बर्षासँगै सुनकोसी नदीमा आएको बाढीको कारण सुनकोसी नदीस्थित खुर्कोटमा रहेको पक्की पुल बगाएको छ । यस पुल बगाएसँगै रामेछाप सिन्धुली हुँदै राजधानी काठमाडौं र तराई जाने यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ ।
रामेछाप, दोलखा र ओखलढुंगा जिल्लाको नागरिकहरु आवतजावत गर्ने खुर्कोटको पुल बगाएपछि चिन्ता थपिएको छ । पुलसँगै रामेछापतर्फको सडक पनि बाढीले बगाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहले बाढीले खुर्कोटको पुल बगाएसँगै रामेछाप हुँदै काठमाडौं जाने मुख्य सडक अवरुद्ध भएको रामेछाप न्युजलाई बताए ।