नेपालथोक–धुलिखेल सडक तत्काल सञ्चालन हुन नसक्ने



१३ असोज, काठमाडौं ।
बाढीले क्षति भएको बिपी राजमार्गमा तत्काल यातायात सञ्चालन नहुने भएको छ ।वर्षासँगै आएको बाढीका कारण बिपी राजमार्गको विभिन्न स्थानमा बाढीले सडक क्षति गरेसँगै तत्काल यातायात सञ्चालन हुन नसक्ने भएको हो । डिभिजन सडक कार्यालय भक्तपुरले बिपी राजमार्गको धुलिखेलदेखि नेपालथोकसम्मको सडकखण्डको विभिन्न स्थानमा सडक क्षति गरेका कारण तत्काल जिल्लाको भकुण्डेबाट पूर्वतर्फ सडक सञ्चालन हुने अवस्था नरहेको बताएको छ ।
कार्यालयका प्रमुख सिडिई सुमन योगेशले रोसीमा आएको बाढीका कारण बिपी राजमार्गको विभिन्न स्थानमा गरेर १५ सय मिटर सडक ध्वस्त भएकोले तत्काल यातायात सञ्चालन सम्भव नभएको बताए । उनले भने,‘हामीले प्राविधिक खटाएर अध्ययन गर्ने काम गरिरहेका छौ, पहिला सडक भएको ठाउँमा अहिले रोसी खोला बगेको छ, खोलाको बहाप नघटनासम्म काम अघि बढाउन सकिने अवस्था छैन ।’ तत्कालका लागि भकुण्डेसम्म सडक सञ्चालन भए पनि त्यहाँबाट उता सम्भव नभएको बताए उनले कुण्डेबाट अघि बढेपछि मात्रै सडक निर्माण गर्न सकिने या नसकिने भन्ने विषयमा यकिन गर्न सहज हुने बताए ।
बाढीका कारण बिपी राजमार्गको १ नम्बर पुल, कटुञ्जेवेशी, नार्के, नेपालथोकमा सडक पूर्ण रूपमा क्षति भएको छ।बाढीले सडक क्षति गर्दा नेपालथोकदेखि कटुन्जेसम्मको क्षेत्रमा करिब एक सय वटा माइक्रो, २० वटा ठुला बस रोकिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्