रामेछापको मन्थली हुँदै सिन्धुली जोडने सित्खा नाका सञ्चालनमा
१३ असोज, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थली हुँदै सिन्धुली जोडने अब एक मात्र सित्खा नाका आज साँझबाट सञ्चालनमा आएको छ । सित्खा गोकनपानी सडक खण्डमा रहेको पहिरो पन्छाएसँगै आज साँझबाट सानो गाडी सञ्चालनमा आएको हो । यस नाका सञ्चालनमा आएसँगै सित्खा खुर्कोट हुँदै सिन्धुलीतर्फको आवतजावत सहज हुने भएको छ । सुनकोसीमा आएको बाढीले रामेछाप–सिन्धुली जोडने खैरेनीघाट र खुर्कोटको पक्की पुल बनाएपछि रामेछाप जोडने सित्खा नाका मात्र रहेको छ ।
खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार आज साँझबाट सित्खा खाँडादेवी हुँदै सदरमुकाम मन्थली जोडने सडक सञ्चनालनमा आएको छ । दिनभर सात वटा जेसेभी प्रयोग गरेर सो सडकमा रहेको पहिरो पन्छाइएके थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहले आज साँझबाट साना सवारी साधन सञ्चालनमा आएको र भोलिबाट ठूला गाडी पनि सञ्चालनमा ल्याउने गरी काम भइरहेको रामेछाप न्युजलाई बताए ।