बाढीको कारण रामेछापमा विद्युत, इन्टरनेट, खानेपानी यातायात सेवा अवरुद्ध



१४ असोज, रामेछाप ।
बाढी पहिरोको कारण रामेछाप जिल्लाभित्र विद्युत, इन्टरनेट खानेपानी यातायात लगायतका सेवा अवरुद्ध भएको छ । खिम्ती जलविद्युत केन्द्र रहेको तामाकोसी गाउँपालिका–५ सहरेको किर्नेटरामा तामाकोसी नदीले विद्युतको पोल बगाएपछि रामेछाप अन्धकारमा रहेको छ । नेपाल विद्युत प्राधिकरण रामेछापले किर्नेटार क्षेत्रमा अहिले विद्युतको पोल गाडेर तार तान्ने भइरहेको जिल्ला प्रहरी रामेछापका प्रमुख प्रदीप कुमार सिंहले रामेछाप न्युजलाई जानकारी दिइ । उनका अनुसार यस क्षेत्रमा गाडनु पर्ने ११ वटा बिजुलीको पोल मध्य ९ वटा गाडिएको छ भने आज दिनभरमा थप तीन वटा पोल गाडेर रामेछापमा विद्युत आपूर्ति गर्ने तयारी भइरहेको छ । विद्युत नहुँदा इन्टरनेट बन्द रहेको छ भने तामाकोसीबाट पम्पिङ गरेर पानी तान्न पनि विद्युत नहुदा कठिन भएको छ । रामेछाप जोडने प्रमुख नाका खुर्कोटको पुल र खैरेनीघाटको पुल बगाएपछि हिजो साँझबाट सित्खा नाका सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्